सिटिजन्स बैंकद्वारा बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेशको बिश्रामपुर गाउँपालिका, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ ।

स्वस्थ दृष्टि र उज्यालो भविष्यको लक्ष्यसहित आयोजना गरिएको यस शिविरले समुदायका नागरिकलाई गुणस्तरीय नेत्र स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरेको छ ।

शिविरमा करिब ८०० जना सेवाग्राहीले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गरेका छन् भने परीक्षणका क्रममा करिब १५० जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरिने व्यवस्था गरिएको छ ।

आषाढ १२ गते देखि १६ गतेसम्म सञ्चालन भएको उक्त शिविर बरैनीया, छतवा, मुसहरवा, बलिरामपुर तथा नकटुवा लगायतका स्थानहरूमा आयोजना गरेकोे थियो । शिविरमा सहभागी हुने सर्वसाधारणले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गर्नुका साथै आवश्यकता अनुसार मोतिबिन्दुको शल्यक्रिया लिएका छन् ।

स्थानीय बासिन्दाहरूलाई समयमै आँखा परीक्षण गराई दृष्टि सम्बन्धी समस्याको पहिचान तथा उपचारमा सहभागी गराई सर्वसाधारणलाई लाभ पु¥याउने उद्देश्यले यो शिविर सञ्चालन गरिएको हो । यस कार्यक्रम मार्फत बैंकले समुदायको स्वास्थ्य सुधार, अन्धोपन न्यूनीकरण तथा जनजीवनको गुणस्तर अभिवृद्धिमा योगदान पु¥याउने विश्वास लिएको छ ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार  १६ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।