गरिमा विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदनमा सिल्भर अवार्डबाट सम्मानित


काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड उत्कृष्ट वार्षिक प्रतिवेदन (बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट) अवार्ड–२०२५ अन्तर्गत विकास बैंक समूहमा सिल्भर अवार्डबाट सम्मानित भएको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदनका आधारमा पारदर्शिता, उत्तरदायित्व र संस्थागत सुशासनका मापदण्ड मूल्यांकन गर्दै बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो।

असार १६ गते काठमाडौंमा आयोजित कार्यक्रममा आइक्यानका अध्यक्ष निलबहादुर सारु मगरले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई अवार्ड हस्तान्तरण गरे।

बैंकका अनुसार यो सम्मानले वित्तीय पारदर्शिता, सुशासन र उत्तरदायी प्रतिवेदन प्रणालीलाई संस्थाले दिएको प्राथमिकताको पुष्टि गरेको छ।

यसअघि पनि गरिमा विकास बैंकले विभिन्न संस्थाबाट उत्कृष्ट व्यवस्थापन र बैंकिङ सेवाका लागि सम्मान प्राप्त गरेको थियो। बैंकले न्यू बिजनेस एज लिमिटेडद्वारा आयोजित न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड २०२६ मा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ तथा कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट–२०२६ मा विकास बैंक समूहअन्तर्गत ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्ड प्राप्त गरेको जनाएको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार  १८ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।