काठमाडौँ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा आज बिहान सो आईपीओ बाँडफाँट भएको हो ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १ लाख ४२ हजार ७६० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।
सो निष्काशनमा २८ लाख ६२ हजार ९०९ जनाले ३ करोड ६ लाख ५५ हजार ४३० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २८ लाख १५ हजार ६७९ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन्।
कम्पनीले गत असार ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो।










प्रतिक्रिया