अभियान लघुवित्तले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने


काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

लघुवित्तले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । जसको प्रस्ताव पारित गर्न लघुवित्तले साधारण सभा बोलाएको छ । प्रस्ताव पारित गर्न असार ३० गते, मंगलबार, ताम्राकार पार्टी भेन्यु, पनौती, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे छैटौँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, अन्य लघुवित्त वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले असार १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार  १० : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।