काठमाडौँ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाबको प्रभाव स्वदेशी बजारमा समेत परेसँगै यो साता सुनचाँदीको मूल्यमा वृद्धि भएको हो ।
साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबारसम्ममा सुन तोलामा ६ हजार ९०० रुपैयाँले बढेको हो । गत साता सुनको भाउ तोलामा ८ हजार बढीले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ४ हजार ७०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा पुगेको थियो ।
सोमबार भने सुनको मूल्यमा गिरावट आएको थियो । सोमबार सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेसँगै प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार एकैदिन सुन तोलामा ४ हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, बुधबार पनि सुनको मूल्यमा गिरावट आएको थियो । बुधबार सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार भने सुनको मूल्यमा वृद्धि भएको थियो । बिहीबार एकैदिन सुन तोलामा ६ हजार २०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनमा उच्च वृद्धि भएको थियो । शुक्रबार सुन तोलामा ७ हजार २०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ कायम भई यो साताको लागि कारोबार बन्द भएको हो ।
यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै उच्च वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबार सम्ममा चाँदी तोलामा २९० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबार चाँदी तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एकैदिन तोलामा १८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार पनि चाँदी तोलामा १६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६१५ रुपैयाँ कायम भएर यो साताको कारोबार बन्द भएको हो ।










प्रतिक्रिया