जीवन बीमकको ‘सर्ट टर्म इन्भेष्टमेण्ट’ २ खर्ब २१ अर्ब नाघ्यो, नेपाल लाइफ अग्रस्थानमा, लगानी वृद्धिमा सन नेपाल अगाडि

Life insurence companies new business

काठमाडौँ । जीवन बीमा कम्पनीहरुको सर्ट टर्म इन्भेष्टमेण्ट २ खर्ब २१ अर्ब १८ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्म उक्त रकम लगानी गरेका हुन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी १ खर्ब ७३ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा समग्र अल्पकालीन लगानी २७.४१ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अल्पकालीन लगानी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीको अल्पकालीन लगानी ४० अर्ब ४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको यस्तो लगानी ३९.३१ प्रतिशतले वृद्धि भएको छ ।

दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ । जसले चैत महिनासम्म ३९ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ अल्पकालीन लगानी गरेको छ । कम्पनीले गत वर्षको भन्दा १२८.७१ प्रतिशत बढी लगानी वृद्धि गरेको हो ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी ३२ अर्ब ६४ करोड ५७ लाख रुपैयाँ बराबरको लगानी छ । यो वर्ष कम्पनीको लगानी २५.८७ प्रतिशतले घटेको हो ।

चौथो स्थानमा रहेको हिमालयन लाइफको अल्पकालिन लगानी ३२ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३६.५१ प्रतिशतले बढी हो । २३ अर्ब ७१ करोड २४ लाख रुपैयाँ अल्पकालिन लगानी गरेको थियो ।

यस्तै, मेट लाइफको अल्पकालिन लगानी १३ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ रहेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८.९८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको चैतसम्म कम्पनीले ७ अर्ब २३ करोड ८० लाख रुपैया लगानी गरेको थियो ।

यता, तेस्रो मसान्तसम्म एशियन लाइफले १२ अर्ब ७९ करोड ७ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत आवको तुलनामा ११ अर्ब ४० करोड ९ लाख रुपैयाँ लगानी गरेको थियो ।

सानिमा रिलायन्स लाइफले १२ अर्ब २६ करोड ५६ लाख रुपैयाँ बराबरको अल्पकालीन लगानी गरेको छ । कम्पनीले गत वर्षको भन्दा ४४.२७ प्रतिशत बढी हो । गत वर्ष सो कम्पनीले ८ अर्ब ५० करोड १८ लाख रुपैयाँको लगानी गरेको थियो ।

त्यसैगरी नेशनल लाइफको अल्पकालीन लगानी ९ अर्ब ९० करोड ५५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको अल्पकालीन लगानी ३.१३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्ष कम्पनीले १० अर्ब २२ करोड ६० लाख रुपैयाँ लगानी गरेको थियो ।

प्रभु महालक्ष्मी लाइफले ७ अर्ब २० करोड १७ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९३.३४ प्रतिशतले बढी हो । गत आर्थिक् वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ लगानी गरेको थियो ।

सूर्यज्योति लाइफले ५ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब २५ करोड रुपैयाँ लगानी गरेको थियो ।

सिटिजन लाइफले ५ अर्ब ६४ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनामा ६.४९ प्रशितले बढी हो । उक्त कम्पनीले गत वर्ष ५ अर्ब ३० करोड ४७ लाख रुपैयाँ अल्पकालिन लगानी गरेको तथ्यांकमा उल्लेख छ।

यता, आईएमई लाइफले ५ अर्ब ६४ करोड ४९ लाख रुपैयाँ बराबरको लगानी गरेका छ । गत आर्थिक वर्ष कम्पनीले ३ अर्ब ५२ करोड रुपैयाँ अल्पकालिन लगानी गरेको थियो । कम्पनीले यो वर्ष गत वर्षको भन्दा ६०.३७ प्रतिशतले लगानी बढाएको हो ।

यस्तै, रिलायबल नेपाल लाइफको अल्पकालीन लगानी २२.२५ प्रतिशतले घटेको छ । गत वर्ष २ अर्ब २५ करोड रुपैयाँ लगानी गरेको कम्पनीले चालस आवमा १ अर्ब ७५ करोड २५ लाख रुपैयाँ लगानी गरेको छ ।

सन नेपाल लाइफको १ अर्ब ७० करोड ५० लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४५० प्रतिशतले बढी हो । गत आर्थिक वर्ष कम्पनीले ३१ करोड रुपैयाँ मात्र अल्पकालिन लगानी गरेको थियो ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार  ११ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।