अर्थमन्त्री र एसियाली विकास बैंकका अध्यक्ष कान्दाबीच भेटवार्ता


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैं (एडीबीका) अध्यक्ष मासातो कान्डाबीच सोमबार भेटवार्ता भएको छ । नेपालको आर्थिक विकास र पूर्वाधार निर्माणमा एडीबीको सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सोमबार सिंहदरबारमा उक्त भेटवार्ता भएको हो ।

भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको विकास प्रयासमा एडीबीले खेल्दै आएको भूमिका र लगानी परिचालनको सराहना गरे । उनले नेपालका आगामी योजनाहरूका लागि पनि बैंकको सहयोग अपरिहार्य रहेको औँल्याउँदै लगानीको दायरा विस्तार गर्न र निरन्तर सहकार्यका लागि अध्यक्ष कान्डासँग आग्रह गरे ।

जवाफमा एडीबीका अध्यक्ष कान्डाले नेपालको विकास यात्रामा बैंक सधैँ साथमा रहने स्पष्ट पारे । उनले नेपालको विकासका लागि सहकार्य गर्नु एडीबीको उच्च प्राथमिकतामा रहेको बताउँदै आगामी दिनमा साझेदारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार  १७ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।