नेप्सेका सीईओको राजीनामा स्वीकृत


काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंको राजीनामा स्वीकृत गरेको छ ।

सिइओ चापागाईंले आजै अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका थिए । सीईओ चापागाईंले बुझाएको राजीनामापत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ ।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार  ०७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।