काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रिय बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मंगलबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
उनले मौद्रिक नीति मार्फत आगामी आवमा मुद्रास्फीति दर ५.५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको बताए । निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने मौद्रिक नीतिको लक्ष्य रहेको उनको भनाई छ ।
यसका साथै, मौद्रिक नीतिले निक्षेपकर्ता, ऋणी र बैंक तथा वित्तीय संस्थाहरूको हितलाई मध्यनजर गर्दै सुधारका योजनाहरू ल्याएको गर्भनर पौडेलको भनाई छ ।
राष्ट्र बैंकले नीतिगत दर, स्थायी निक्षेप सुविधा दर र बैंक दरलाई यथावत् राख्ने निर्णय गरेको छ । यसका साथै, अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई पनि निरन्तरता दिइएको छ ।
रेमिट्यान्स, पर्यटन आय र सार्वजनिक खर्चमा हुने सुधारले बजारमा तरलता प्रवाह बढाउने र यसले आर्थिक वृद्धिलाई सहयोग पुर्याउने आकलन गरिएको उनले बताए । सरकारको बजेटले तय गरेका लक्ष्यहरू पूरा गर्न मौद्रिक नीतिले लचिलो कार्यदिशा अपनाएको उनको भनाइ छ ।
गर्भनर पौडेलका अनुसार, बजारको प्रकृति र तरलताको अवस्था हेरेर विभिन्न उपकरणहरूको प्रयोग गरिनेछ, जसले गर्दा उत्पादनशील क्षेत्रमा ऋण प्रवाह गर्न र बचतलाई सुरक्षित गर्न सहज हुनेछ ।










प्रतिक्रिया