काठमाडौँ । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।
आजको बैंठकमा सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ ।
त्यस्तै, सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्य, काठमाडौंलाई नियुक्त गरेको छ ।
गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ भने मन्त्री पोखरेलले सरकारले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३, स्वीकृत गरेको बताए ।
शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । कारागार नियमावली, २०८३ स्वीकृत गरेको छ । मानव अधिकारसम्बन्धी छैटौँ कार्ययोजना स्वीकृत गरेको पनि उनले बताए ।
त्यस्तै, भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने निर्णय गरेको पनि प्रवक्ता पोखरेल जानकारी दिए ।










प्रतिक्रिया