काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, आइतबार चाँदी तोलामा ३५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ४७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १०८.४४४ अमेरिकी डलर र चाँदी ५९.७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया