काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनलाई नियुक्त गरिएको हो ।
नवनियुक्त अध्यक्षले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् ।
पहिलो पोस्ट डटकम, नागरिक न्युजको अनलाइन संस्करण तथा अन्नपूर्ण पोष्टको अनलाइन संस्करणको सम्पादक भएर काम गरिसकेका श्रेष्ठ पछिल्लो समय तथ्य जाँच तथा तथ्यजाँच तालिम सञ्चालन गर्दै आएका थिए ।










प्रतिक्रिया