काठमाडौँ । सरकार र मिटरब्याजपीडितबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।
गृहमन्त्री सुधन गुरुङ र मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूले मंगलबार निजगढमा वार्ता गरेका हुन् ।
उनीहरूलाई भेट्न गृहमन्त्री गुरुङ निजगढ पुगेका थिए । निजगढस्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग ६ बुँदे मागबारे पहिलो चरणको वार्ता सम्पन्न भएको र दोस्रो चरणको वार्ताको लागि सरकार र आन्दोलनरत दुवै आन्तरिक गृहकार्यमा जुटेको स्रोतले बताएको छ ।










प्रतिक्रिया