चितवनको पुँजीगत खर्च ५८ प्रतिशत


चितवन । जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८.४१ प्रतिशत खर्च भएको छ ।

चितवन बिकासका लागि प्राप्त १० अर्ब २१ करोड ८५ लाख रुपैयाँ मध्ये ५ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खर्च भएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख भिमार्जुन ज्ञवालीले पूँजीगततर्फ बजेट खर्च कम हुनुमा निर्धारित समयमा ठेक्काको काम सम्पन्न नहुनु मुख्य रहेको बताए। उनले भने, “बोलपत्रदाताले कम रकममा ठेक्का सकार्नु र निर्माणको काम ढिला हुनु मुख्य रहेको छ ।” 


चालुतर्फ १४ अर्ब १८ करोड ४८ लाख रुपैयाँ मध्ये १३ अर्ब ५० करोड ३७ लाख रुपैयाँ खर्च भएको छ । स्थानीय तहमा जाने अनुदान रकम चालु बजेटतर्फ आउने भएकाले चालु खर्चको रकम धेरै देखिने गरेको हो ।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।