काठमाडौँ । सरकारले कानुनविपरित र जथाभावी रूपमा सवारी साधन राखेर ‘सवारी आतंक’ सिर्जना गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
नेताका घर अगाडि, सञ्चारमाध्यम भवनअघि नियमविपरित सवारी साधनहरू राखिएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले यसमा सरकारको कुनै योजना वा संलग्नता नरहेको प्रष्ट पारे । साथै, उनले सञ्चार माध्यम र नेताका घर अगाडि गाडी पार्किङ गर्ने काम नियोजित नभएको समेत स्पष्ट पारे ।
सोमबार कान्तिपुर, अनलाइन खबर, हिमालय टिभी, कांग्रेसका सभापति गगनकुमार थापाको निवास अगाडि गाडी पार्किङ गरिएको थियो । प्रहरीले पछि उक्त स्थानबाट क्रेन लगाएर गाडी हटाएको थियो ।
उनले भने, ‘यदि यो सरकारकै नियोजित कार्य हुन्थ्यो भने गृह मन्त्रालय मातहतको नेपाल प्रहरीले यसरी खोजी र अनुसन्धान गर्ने थिएन । जुनसुकै पार्टीको भए पनि उनीहरूले गरेको गल्तीका आधारमा प्रचलित कानुनअनुसार के सजाय हुनुपर्ने हो, त्यो भएरै छाड्छ ।’–१० उपयुक्त समाचार शीर्षक










प्रतिक्रिया