आइएमई जनरलको शेयरमूल्य समायोजन

0
Shares

आइएमई जनरल इन्स्योरेन्स (IGI) को नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको बोनस शेयर र साधारण सभाको बुकक्लोजसँगै नेप्सेमा कम्पनीको शेयरमूल्य समायोजन गरिएको हो ।

नेप्सेले कम्पनीले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता १ हजार १७५ रुपैयाँ निर्धारण गरेको छ । बिहीबार इन्स्योरेन्सको समायोजित शेयरमूल्यलाई आधार मानेर कारोबार खुल्नेछ । नेप्सेले मंगलबार कारोबार भएको अन्तिम कारोबार मूल्य १ हजार २५७ रुपैयाँका आधारमा बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । वैशाख १२ गते आह्वान गरेको सभाले उक्त लाभांश अनुमोदन गराउनेछ ।

सभाबाट बोनस शेयर वितरण गरेपछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्ने गर्ने प्रस्ताव पनि साधारण पारित हुँदैछ।

आइएमई जनरल इन्स्योरेन्सले हकप्रदबाट पूँजीवृद्धि गर्ने

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।