साउनका लागि २ वाणिज्य बैंकले घटाए व्याजदर, कुन बैंकको ब्याजदर कति ?


काठमाडौँ । वाणिज्य बैंकहरूले असारको तुलनामा साउन महिनामा निक्षेपको औसत ब्याजदर घटाएका छन् ।

बैंकहरुको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असारको ४.२५८ प्रतिशतविन्दुबाट घटेर साउनमा ४.१६७५ प्रतिशतविन्दुमा झरेको छ । त्यस्तै, संस्थागत निक्षेपको औसत दर पनि असारको ३.१८ प्रतिशतविन्दुबाट घटेर साउनमा ३.११६ प्रतिशतविन्दुमा झरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु र संस्थागततर्फ १ प्रतिशतविन्दुले ब्याजदर घटाएको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएर ४ प्रतिशत कायम गरेको छ ।

असारको तुलनामा साउनमा एनएमबि बैंकले ०.२५ प्रतिशतविन्दु, सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशतविन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१ प्रतिशतविन्दु र कुमारी बैंकले ०.०६ प्रतिशतविन्दुले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।
नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक लगायतका १३ वटा बैंकहरूले असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार  १० : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।