नयाँ वर्षको दोस्रो दिन सुनको मूल्य घट्यो

0
Shares

बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बिहीबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ८९ हजार ८ सय रुपैयाँ, तेजावी ८९ हजार ३५० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २९० रुपैयाँ कायम गरिएको छ ।

बुधबारको तुलनामा बिहीबार चाँदी तोलाको ५ रुपैयाँले बढेको हो ।

बुधबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ, तेजावी ८९ हजार ५५० र चाँदी तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २ बैशाख २०७८, बिहिबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।