युनियन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

0
Shares

युनियन लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले आथिर्क वर्ष २०७५/०७६ को बीमाङ्कीय मुल्याङकन सम्बन्धी प्रतिवेदन बीमा समितिबाट चैत्र २० गते स्वीकृत भए अनुसार बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

इन्स्योरेन्सले बीमा अवधि अनुसार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ।

अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बीमा समितिबाट स्वीकृत नभएसम्म भुक्तानी हुने सम्पूर्ण दाबीहरुमा समेत यस बोनसदर कायम हुने इन्स्योरेन्सले जनाएको छ ।
कम्पनीको सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजनामा सरिक भएका बीमितले बीमा अवधिको आधारमा प्रतिहजार न्युनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म पाउनेछन्।

कम्पनीले सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा (एकल) मा न्युनतम २७ रुपैयाँदेखि ४० रुपैयाँ बोनस दर घोषणा गरेको छ । सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा न्युनतम ३० रुपैयाँदेखि ७० रुपैयाँ, सावधिक तथा आजीवन जीवन बीमा योजनामा न्युनतम ४२ रुपैयाँदेखि ७२ रुपैयाँसम्म बोनस दर घोषणा गरेको छ ।

सिमित भुक्तानी सावधिक तथा आजीवन जीवन बीमा योजनाका सबै वर्षका बीमालेखमा प्रतिहजार ५० रुपैयाँका दरले बोनस दर निर्धारण गरेको छ ।

यस्तै, कम्पनीले वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना अन्र्तगत बीमा अवधिको आधारमा न्युनतम २० रुपैयाँदेखि २८ रुपैयाँ र अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा न्युनतम २५ रुपैयाँदेखि ४० रुपैयाँ बोनस दर घोषणा गरेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।