मानुषी लघुवित्तको नाफामा सुधार, शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रक्रियामा

0
Shares

मानुषी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १ करोड २७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ३१.१५ प्रतिशत धेरै हो ।

गत वर्ष मानुषीले ९७ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । मानुषीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ४ करोड १२ लाख रुपैयाँ छ ।

कम्पनी गत असार मसान्तसम्म ४६ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरी ८१ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट ५ करोड ८७ लाख खुद ब्याज आम्दानी गरेको छ । १ करोड ५३ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।

यसको खराब कर्जा १.३८५ रहेको छ । कस्ट अफ फन्ड ९.३६ प्रतिशत छ । कम्पनी शतप्रतिशत हकप्रद बिक्रीको तयारीमा छ । गत असार २० गते सम्पन्न विशेष साधारण सभाले हाल कायम पूँजी बराबर हकप्रद ल्याउने प्रस्ताव पारित गरिसकेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १४ करोड रुपैयाँ पुग्नेछ ।