सिजीको ‘मेरिडिया सिरिज’मा ४ वटा अत्याधुनिक ‘सिंगल डोर’ फ्रिज सार्वजनिक


काठमाडौँ । नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ मोडलका ‘सिंगल डोर’ रेफ्रिजरेटरहरू बजारमा सार्वजनिक गरेको छ ।

२०० लिटर क्षमताका यी फ्रिजहरू घरको भान्सालाई आकर्षक बनाउन ‘लिफी वाइन’ र ‘लिफी ब्लु’ रङमा उपलब्ध गराइएका छन् । नयाँ फ्रिजहरूमा बिजुली बचत गर्ने र ११० भोल्टको कम भोल्टेजमा पनि सहजै चल्ने ‘डिजिटल इन्भर्टर कम्प्रेसर’ प्रयोग गरिएको छ ।

साथै, नेपाली भान्साको आवश्यकतालाई ध्यानमा राख्दै आलु र प्याज भण्डारणका लागि छुट्टै ‘ड्राइ बास्केट’ र आकर्षक ‘एप्रोन बेस’ समेत राखिएको छ । ग्राहकहरूले यी फ्रिजहरू देशभर रहेका २१ वटा सिजी डिजिटलका शोरुम, कम्पनीका आधिकारिक वेबसाइटहरू तथा विभिन्न बिक्री केन्द्रहरूबाट खरिद गर्न सक्नेछन् ।

कम्पनीले देशभरका ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको गुणस्तरीय सेवा उपलब्ध गराउने जनाएको छ । यसमा प्रयोग भएको अत्याधुनिक कम्प्रेसरले बिजुलीको अधिकतम बचत गर्नुका साथै ११० भोल्ट को कम भोल्टेजमा पनि सहजै र निर्बाध रूपमा काम गर्छ ।

फ्रिजभित्रको तापक्रमलाई छिटो र प्रभावकारी रूपमा सन्तुलनमा राख्न यसमा टर्बो कुलिङ टेक्नोलोजी र एडभान्स क्यापिलरी कुलिङ टेक्नोलोजी समावेश गरिएको छ ।

यसमा छिटो चिसो बनाउने टर्बो कुलिङ प्रविधि, फलफूल तथा तरकारी ताजा राख्ने ‘जम्बो ट्रे’ र सुरक्षाका लागि लक एन्ड कीको सुविधा छ ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  १२ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।