काठमाडौँ । कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा सोमबार शक्तिशाली भूकम्प गएको छ ।
प्रारम्भिक रिपोर्टअनुसार भूकम्पका कारण कम्तीमा १११ जनाको मृत्यु भएको पुष्टि भएको छ भने भूकम्पका कारण हतास भएका बासिन्दाहरूले ध्वस्त भवनहरूको सर्वेक्षण गरिरहेका छन् ।
भूकम्पका कारण पेरेइरा सहरमा मात्रै कम्तीमा १११ जनाको मृत्यु भएको नगरप्रमुख माउरिसियो सालाजारलाई उद्धृत गरी काराकोल रेडियोले उल्लेख गरेको छ । उनले भूकम्पका कारण सहरमा ‘स्थिति गम्भीर छ’ भने।
अमेरिकी भूगर्भशास्त्रीहरूले भूकम्पको तीव्रता ७।४ म्याग्निच्युड र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा १०० किलोमिटर गहिराइमा रहेको रेकर्ड भएको बताएका छन् ।
उद्धार टोलीहरू पीडितहरूलाई सहयोग गर्न र भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि दौडिएका देखिन्थ्यो ।
बिहानको यो भूकम्प इक्वेडर, पानामा र भेनेजुएलामा पनि महसुस गरिएको थियो । भेनेजुएलामा जुन महिनाको अन्त्यतिर विनाशकारी भूकम्प गएको थियो ।
समाचार फुटेजमा कोलम्बियाको पश्चिमी भागमा ढलेका भवनहरू देखाइएको छ, तर अधिकारीहरूले सुनामीको डर नरहेको बताएका छन्।











प्रतिक्रिया