एसटीसी इनर्जी इन्डस्ट्रिजद्वारा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण


काठमाडौँ । नेपालमै गुणस्तरीय ब्याट्री उत्पादन गर्दै आएको एस.टी.सी. इनर्जी इन्डस्ट्रिज प्रालिले मकालु पेट्रोल पम्पमा चारदिने निःशुल्क सवारीसाधन ब्याट्री परीक्षण अभियान सफलतापूर्वक सम्पन्न गरेको छ ।

२०८३ साल साउन २५ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको उक्त अभियानमा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण गरिएको कम्पनीले जनाएको छ ।

अभियानका क्रममा पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनका ब्याट्री परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ब्याट्रीको हेल्थ तथा समग्र कार्यक्षमता जाँच गरी सवारीधनीहरूलाई आवश्यक जानकारी प्रदान गरिएको थियो ।

नेपालमै उत्पादित एसटीसी राइड तथा एसटीसी इनर्जी ब्रान्डका ब्याट्रीको प्रवद्र्धनसँगै ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा सवारीधनीहरूको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया रहेको थियो ।

अभियानबाट प्राप्त सकारात्मक प्रतिक्रिया र प्रभावकारी सहभागितालाई मध्यनजर गर्दै एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिले आगामी दिनमा पनि विभिन्न स्थानमा यस्ता ब्याट्री परीक्षण तथा ग्राहक केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।

नेपालमै गुणस्तरीय ब्याट्री उत्पादन गर्दै आएको कम्पनीले आफ्ना उत्पादन र सेवामार्फत नेपाली उपभोक्तालाई भरपर्दो तथा प्रभावकारी समाधान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार  १० : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।