ललितपुर । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले क्लब अचिभर्स इभेन्ट २०८३ भव्यताका साथ सम्पन्न गरेको छ।
ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिप काठमाडौँमा आयोजित उक्त समारोह देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा आबद्ध भई क्लब योजनामा सफलता हासिल गर्न सफल वीमा सल्लाहकारहरूको सम्मान तथा प्रोत्साहनका लागि लक्षित गरिएको थियो।
उक्त विशेष कार्यक्रममा कम्पनीको सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरत कुमार तोदी र केशवराज केसी तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले कम्पनीको निमन्त्रणालाई सहर्ष स्वीकार गरि देशका विभिन्न स्थानबाट आएका क्लब सदस्यता प्राप्त गर्न सफल वीमा सल्लाहकारहरूमा न्यानो अभिवादन टक्रयाउँनुका साथै सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स प्रति देखाउनु भएको अगाढ विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा उनीहरुले पुर्याएको अतुलनीय योगदान प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे ।





प्रतिक्रिया