प्राइम बैंकले पारित गर्यो कन्काई विकासलाई एक्वायर गर्ने स्वाप रेशियो

0
Shares

प्राइम कमर्सियल बैंकको विशेष साधारण सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकको साउन २२ बुधबार सम्पन्न विशेष सधारण सभाले कन्काईका शेयरधनीलाई १ सय कित्ता शेयर बराबर अब प्राइम कमर्सियल बैंकको ७१.५ कित्ता सेयर दिने प्रस्ताव पारित गरेको छ ।

डिडिए प्रतिवेदनमा १०० बराबर ६५.६३ कित्ता शेयर दिने सहमत भएपनि सहमतिमा १० प्रतिशतसम्म बढाउन पाउने व्यवस्था अनुसार ५.८७ प्रतिशत थप स्वाप रेसियो दिन प्राईम सहमत भएको हो।

अब एक्विजिसन प्रक्रिया सम्पन्न भएपछि कन्काईका लगानीकर्ताले प्राइम बैंकको सेयर पाउनेछन् । विशेष साधारणमा प्राईम बैंकको डेपुटी जनरल म्यानेजर तथा प्रवक्ता भाइराजा तुलाधारले भदौ १५ गते एकीकृत कारोबार थाल्ने गरि कार्य अगाडि बढाइएको जानकारी दिए।

प्राइम र कन्काईले जेठ २२ गते मर्जर तथा एक्वीजिशनमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। कन्काई प्राप्तिपश्चात प्राइमको चुक्ता पूँजी ९ अर्ब ६८ करोड र ९४ शाखा संख्या ९४ पुग्नेछ ।

कैलाश विकास बैंक तथा ललितपुर फाइनान्सलाई पनि प्राप्ती गर्ने प्रकृयामा रहेको प्राइम बैंकले कात्तिकभित्र दुबै संस्थालाई प्राप्ती गर्ने लक्ष्य लिएको छ। प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्रतिकित्ता ९४ रुपैयाँका दरले खरिद गर्ने भएको छ ।