काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा सामान्य गिरावट आएको छ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से २.०१ अंकले घटेर २६४१.८२ विन्दुमा पुगेको हो ।
सोमबार कारोबारमा आएका ३५० कम्पनीका १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयरहरू ५६ हजार ८१८ पटक किनबेच हुँदा ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ ।
गत साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से ७.३७ अंकले घटेर २६४३.८३ अंकमा पुग्दा कारोबार रकम ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँ पुगेको थियो ।
सोमबारको कारोबारमा सर्वाेत्तम पेन्ट र माउन्ट एभरेष्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । रिलाइन्स स्पिनिङ मिल्सको सेयर मूल्य ११.०६ प्रतिशत, सगरमाथा जलविद्युतको सेयर मूल्य ११.०६ प्रतिशत र विकास हाइड्रोपावरको सेयर मूल्य ८.२२ प्रतिशतले बढेको छ ।
यता, फ्रस्ट माइक्रोफाइनान्सको सेयर मूल्य ६.६३ प्रतिशतले घट्दा महिला लघुवित्तको सेयर मूल्य ६.५७ प्रतिशत, खानीखोला हाइड्रोपावरको सेयर मूल्य ६.०५ प्रतिशत, सेन्ट्रल फाइनान्सको सेयर मूल्य ४.५४ प्रतिशत र सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य ४.१३ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा १ अर्ब ३८ करोड ६३ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार सहित रिलाइन्स स्पिनिङ मिल्स शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा सोलु हाइड्रोपावर ५ लाख ५४ हजार ८४२ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको बजारमा कारोबार संख्याको आधारमा स्यानिगड हाइड्रो ३ हजार ७२९ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।





प्रतिक्रिया