सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्ब कायम


काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा पुगेको भएको हो।

आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ। यसदिन ३५९ वटा कम्पनीका ९० लाख ३ हजार ३८८ कित्ता सेयरहरू ४४ हजार ७७७ पटक किनबेच भएका छन्।

सोमबार कारोबारमा आएका कम्पनीमध्ये ३२ वटाको सेयर मूल्य बढेको छ भने २४२ कम्पनीको मूल्य घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज स्ट्यान्डर्ड चार्टर्ड बैंक डिबेन्चरको मूल्य सर्वाधिक ५.७५ प्रतिशतले बढेको छ। नेपाल एसबिआई बैंक डिबेन्चरको मूल्य ४.९८ प्रतिशतले बढेको छ ।

यता, त्रिशूली जलविद्युतको सेयर मूल्य सर्वाधिक ८.८४ प्रतिशतले घटेको छ। सिन्धु विकास बैंकको सेयर मूल्य ५८० प्रतिशतले घटेको छ।

सोमबार घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार भएको छ। कम्पनीको २२ करोड ८ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रोमा हाथवे इन्भेस्टमेन्ट रहेको छ। कम्पनीको ८ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ। वित्त समूहको परिसूचक सर्वाधिक १.१० प्रतिशतले घटेको छ। यस्तै, होटल, जलविद्युत् र लगानी समूहमा पनि १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। ट्रेडिङ समूह भने सामान्य बढेको छ।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार  १५ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।