नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेट बीच विप्रेषण कारोबार सम्झौता

0
Shares

नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेट बीच विप्रेषण कारोबार सम्झौता भएको छ । जापानमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले यो सम्झौता गरिएको बैंकले जनाएको छ।

यस सम्झौता पछि जापानमा रहेका नेपालीहरुले डिजिटल वालेट को स्माइल मोबाइल रेमिट्यानस एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । यस मोवाइल एप गूगल प्ले स्टोर, एपस्टोर बाट डाउनलोड गरि आफ्नो माइबालमा इनस्टल गर्न सकिन्छ ।

स्माइल मोबाइल रेमिट्यानस मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुने पनि बैंकले जनाएको छ ।

स्माइल मोबाइल मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ । कोभिड १९ को संक्रमणको जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन स्माइल मोबाइल प्रयोग गर्न बैंकले आग्रह गरेको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।