सुनचाँदीको मूल्यमा उच्च वृद्धि, प्रतितोला कति पुग्यो ?


काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार ३०० रुपैयाँले र चाँदी तोलामा १३० रुपैयाँले बढेको हो ।

शुक्रबार सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५३७.६ अमेरिकी डलर र चाँदी ६८.९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।