नागरिक लगानी कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली


काठमाडौँ । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन् । पदबहालीको अवसरमा उनले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कोषले गर्दै आएको कार्यलाई अझ चुस्त र पारदर्शी रूपमा अघि बढाउने बताए ।

साथै कोषमा रहेको ठूलो फण्डलाई सरकारका प्राथमिकतामा रहेका परियोजना र उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा कोषले योगदान पु¥याउन विशेष जिम्मेवारीको साथ कार्य गर्नुपर्ने बताए ।

कार्यकारी निर्देशक कार्कीले आफूले यो भन्दा अघि पनि कोषको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहि सकेकोले कोषको बारेमा आफू जानकार रहेको हुँदा आगामी दिनमा कोषलाई थप प्रभावकारी रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए । उनलाई नेपाल सरकार, मन्त्रिपरिषदको गत बुधबार बैठकले कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।