काठमाडौँ । पछिल्लो चार दिनदेखि नेपाली बजारमा सुनको मूल्य लगातार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारदेखि बढेको सुनको भाउ सोमबारसम्म निरन्तर बढेको हो । चारदिनमा सुनको भाउ तोलामा १८ हजार ६०० रुपैयाँले बढेको हो ।
बिहीबार सुन तोेलामा ९ हजार ३०० रुपैयाँले बढेको थियो भने शुक्रबार ३ हजार ३०० रुपैयाँले, आइतबार २ हजार ८०० रुपैयाँले र सोमबार ३ हजार २०० रुपैयाँले बढेको हो ।
सोमबार सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, सोमबार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । आज चाँदी तोला १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६४१.४२ अमेरिकी डलर र चाँदी ६९.०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया