नागढुङ्गा सुरुङमार्ग सर्वसाधारणका लागि खुला


काठमाडौँ । नागढुङ्गा सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिएको छ ।

यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरिएको सुरुङमार्ग आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो । आजदेखि चार पाङ्ग्रे साना सवारी (कार, जिप, भ्यान) ले आवतपावत गर्न पाउने छन् ।

सुरुङमार्गमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी सवारी सञ्चालन गर्न पाइने छ ।

अहिले पनि अति प्रज्वलनशिल पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनलाई भने प्रवेश दिइने छैन । अन्य ठूला सवारी साधन भने परीक्षणकाल पछि सोही सुरुङमार्ग हुँदै यात्रा गर्न सक्नेछन् । सुरुङमार्ग परीक्षणका रूपमा खुला गरिएको हो। परीक्षण अवधिभर कुनै शुल्क लाग्ने छैन।

अवस्था हेरेर १/२ दिनमा क्रमशः दुईतर्फी ट्राफिक खुला हुनेछ । सञ्चालन समयलाई बिहान ७ देखि साँझ ८ सम्म र त्यसपछि बिहान ६ देखि राति १० बजेसम्म विस्तार गर्ने योजना छ । सुरुङमार्ग पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ११ साउनमा उद्घाटन गरिएको थिए ।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार  १३ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।