काठमाडौँ । चलचित्र गौथलीको कमाई २५ करोड बढी भएको छ । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले हालसम्म २५ करोड ५ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेको हो ।
चलचित्र विकास बोर्डको सिनेपा बक्स अफिसले भदौ ७ गते मध्यरातसम्मको विवरण सार्वजनिक गरेको हो ।
विवरणअनुसार ‘गौँथली’ चलचित्र ९ लाख ९ हजार ४२६ दर्शकले हेरेका छन् । चलचित्र गौथली डा. कपिल रिजाल निर्देशनमा तयार भएको हो ।
यस्तै, हलमा प्रदर्शनरत चलचित्र ‘हली’ ले हालसम्म २२ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको छ । हलीको ८ हजार ३८५ टिकट बिक्री भएका छन् । ओम प्रतीकद्धारा निर्देशित चलचित्र ‘हली’ साउन २२ गतेदेखि प्रदर्शनमा आएको हो ।
चलचित्र ‘लज्जावती’ ले हालसम्म २ हजार ६९६ वटा टिकटबाट ७ लाख ६८ हजार ४५० रुपैयाँ आम्दानी गरेको छ । प्रेमकथामा आधारित सो चलचित्र राजबहादुर सानेले निर्देशन गरेका हुन् । ‘लज्जावती’ साउन २९ गतेदेखि प्रदर्शनमा आएको हो ।





प्रतिक्रिया