नियो डिजिटलको ‘ब्रामो’ मोबाइल गेम प्रारम्भ

0
Shares

नयाँ स्टार्टअपको रुपमा युवा सफ्टवेयर इन्जिनियरहरुले शुरु गरेको कम्पनी नियो डिजिटलले मोबाईल भर्सनमा नयाँ गेम लन्च गरेका छन।

‘ब्रामोू’नामको यो गेम थ्रिडि आरपिजि मोडेलमा नेपाल मै प्रथम पटक प्रारम्भ गरेको कम्पनीका संचालक तथा निर्माता रितेश भट्टराईको दावी छ । भर्खरै हाई स्कुल लेभल उतिर्ण यूवा प्रतिभा युमिस निरौला संग मिलेर यो गेम बनाउन एक वर्ष भन्दा बढी समय लागेको छ ।

कुनै गाउँमा राक्षसहरुले आक्रमण गर्न आउँदा ब्रामो नामको साहसी यूवाले कसरी गाउले र गाउँको रक्षा गर्छन भन्ने कथामा यो गेम आधारित छ । नेपालमा मोबाईल गेम बनाउने थुप्रै फ्रिलान्सर र डेभलपर भए पनि रोल प्लेइङ्ग मोडलमा मोबाइल भर्सनमा यो नै पहिलो पटक लन्च भएको हो ।

ब्रामोको प्रारम्भ संगै नेपालमा मोबाइल गेम निर्माणमा ठुलो सघाउ पुर्‍याउने कम्पनीका संचालक रितेश भट्टराईको विश्वास छ । अन्तराष्ट्रिय स्तरमा पब्जी र फोर्टनाइट जस्ता गेमको प्रभाव रहेको बेला यूवा युवतिले यो गेम मन पराउने विश्वास लिइएको छ ।

गएको महिना उपभोक्ता मूखि पेशा व्यवसायको लागि कस्टुमर रिलेशनसिप मेनेजमेन्ट (सिआरएम) सफ्टवेयर सार्वजनिक गरेको नियो डिजिटलले छिट्टै केटाकेटिको लागि भनेर आकर्षक शैक्षिक गेम ल्याउने योजना बनाएको छ । प्ले स्टोरमा राखि सकिएको यो गेम निशुल्क डाउनलोड गरी जोसुकैले खेल्न र आन्नद लिन सकिनेछ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।