काठमाडौँ । नेपालमा भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष ‘द सेभिङ एक्स्ट्राभागान्जा’ योजना सार्वजनिक गरेको छ ।
नाडा अटो शो अवधिभर डेल्टा अटोकर्पको स्टल नम्बर टीडब्लूई–११ बाट भेस्पा वा अप्रिलिया खरिद तथा बुकिङ गर्ने ग्राहकले २८ हजार ५०० रुपैयाँसम्मको विशेष लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत खरिद गर्ने ग्राहकले भेस्पा तथा अप्रिलियाका विशेष ल्यापटप ब्यागसमेत प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार यो योजना नगद, वित्तीय सुविधा तथा सवारी साटफेरमार्फत खरिद गर्ने सबै ग्राहकका लागि लागू हुनेछ । यस वर्ष भेस्पाले नाडा अटो शोमा इटालियन क्याफेबाट प्रेरित विषयवस्तुमा आफ्नो प्रदर्शनी कक्ष तयार गरेको छ ।
प्रदर्शनी कक्षमार्फत भेस्पाको इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभवलाई प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । प्रदर्शनीको मुख्य आकर्षणका रूपमा नयाँ अप्रिलिया एसआर १७५ एचपी.ई., लायलाक रङको भेस्पा १२५ तथा ओरो रङको भेस्पा एस १२५ राखिएको छ । त्यस्तै, अप्रिलियाका स्टर्म १२५ र एसआर १६० तथा भेस्पाका जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ का अन्य रङका मोडलसमेत प्रदर्शनीमा राखिएका छन् ।
डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के. महतोले भने, ‘नाडा अटो शोमा भेस्पा र अप्रिलियाका नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा खुसी छौँ ।’
उनले नयाँ अप्रिलिया एसआर १७५ एचपी.ई., लायलाक भेस्पा १२५ र ओरो भेस्पा एस १२५ ले ग्राहकलाई नयाँ विकल्प र उत्कृष्ट अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे ।






प्रतिक्रिया