काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहसँग फोनमा कुराकानी गर्दै नेपालमा आज बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका छन् ।
मोदीले यस कठिन समयमा भारतका जनता नेपाली जनतासँग ऐक्यबद्ध रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
“भारत नेपाललाई सम्भव भएसम्म सबै मानवीय सहायता उपलब्ध गराउन तयार छ । उद्धार तथा राहत प्रयासका लागि हाम्रा टोलीहरूले नेपालसँग नजिकबाट समन्वय गरिरहेका छन्”, उनले उल्लेख गरेका छन् ।





प्रतिक्रिया