काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ। ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ काठमाडौंस्थित होटेल याक एन्ड यतीमा भदौ १ र २ गते सम्पन्न भएको हो।
सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो। कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल र विमलप्रसाद ढकाल, सञ्चालक प्रवीणप्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीणरमण पराजुलीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले नेपाल लाइफले २५ वर्षको गौरवपूर्ण यात्रा पूरा गर्दै नेपाली जीवन बिमा क्षेत्रमा विश्वास, स्थायित्व र नेतृत्वको विशिष्ट इतिहास निर्माण गरेको बताए। उनले आर्थिक वर्ष ०८२र८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बिमा शुल्क (एफपिआई) संकलन गरी अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गरे ।
उनले उक्त उपलब्धिका लागि कम्पनीसँग आबद्ध सम्पूर्ण कर्मचारी तथा हितधारकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि उच्च उत्साह, समर्पण र प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरे । प्राप्त उपलब्धिलाई निरन्तर कायम राख्न सामूहिक प्रयास, मिहिनत र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।





प्रतिक्रिया