बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन


नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिक र तिनका परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएको छ ।

बुधबार अकश्मात भोटेकोशीमा बाढी गएपछि उच्चस्तरीय बैठक आह्वान गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिँदै आएका प्रधानमन्त्री शाहले आज बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।