अख्तियारका पदाधिकारीले १५ दिनको तलब दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले प्रभावित नागरिकको उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छन् । आयोगका प्रवक्ता सुरेश न्यौपानेले विपद्को घडीमा प्रभावितहरूको सहयोगका लागि आयोगका पदाधिकारीहरुले १५ दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताए ।

उनका अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणी र राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीले दश दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ । त्यस्तै, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले सात दिन बराबरको तलव कोषमा जम्मा गर्नेछन् ।

राजपत्राअङ्कित प्रथम, द्वितीय र अन्य श्रेणीका कर्मचारीहरुले पाँच दिनको र श्रेणीविहीन कर्मचारीहरुले दुई दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।