नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमा कृषि विकास बैंक पनि आवद्ध भई कारोबार सञ्चालनमा ल्याएको छ । अब कृषि विकास बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् ।
यस प्रणालीमा आवद्ध बैंकका ग्राहकले राजस्व भुक्तानी,लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।
सेवा प्रदायकहरुको पोर्टलमा कनेक्ट आईपीएसको पेमेन्ट प्रोसेसर (गेटवे), अथवा www.connectips.com अथवा मोबाईल एपको प्रयोग गरी भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ ।
यो प्रणालीमा हाल सम्म ५७ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा ५१ वटाले सेवा उपलब्ध गराईरहेका छन् ।
प्रतिक्रिया