सेयर बजार घटेर २५१३ विन्दुमा, कारोबार रकममा पनि गिरावट


काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ । आज नेप्से ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा कायम भएको छ ।

सोमबार ३४७ कम्पनीका ९३ लाख २२ हजार १८५ कित्ता सेयरहरु ६८ हजार १३७ पटकमा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँमा किनबेच भएका छन् । बिहीबार ३ अर्ब ७८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

सोमबार उपकार लघुवित्तको सेयर मूल्य १३.१६ अंकले बढेको छ । त्यस्तै, घोराही सिमेन्टको सेयर मूल्य ७.५७ प्रतिशतले र एनआइसी एसिया डेभेन्चर ६.०१ प्रतिशतले बढेको छ । यता, मैलुङ खोला हाइड्रोको सेयर मूल्य १४.९८ प्रतिशतले घटेको छ । त्यस्तै, रसुवागढी हाइड्रो ११.७६ प्रतिशतले र एमबीएल इक्वीटी १०.६२ प्रतिशतले घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा शिभम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज २६ करोड ३८ लाख ७८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सर्वोत्तम पेन्ट्सको १५ करोड ९१ लाख ९५ हजार रुपैयाँको सेयर कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको १२ करोड १४ लाख ३१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।