रुरु जलविद्युतको दोस्रो बजारमा धमाकेदार इन्ट्री, अधिकतम रेञ्जमा कारोबार खुल्दा बेच्ने शुन्य

0
Shares

रुरु जलविद्युत परियोजना लिमिटेडको सोमबारदेखि धितोपत्र दोस्रो बजारमा शेयर कारोबार सुरु भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेकोमा कम्पनीको शेयर अधिकतम कारोबार रेञ्ज ३५६ रुपैयाँमा नै पहिलो कारोबार खुला भएको हो ।

आरयुआरयु (RURU) कारोबार संकेतमा कारोबार खुलेको सोमबारको बजारमा कारोबारको दुई घण्टासम्म जम्मा ३० कित्ता शेयर मात्र कारोबारमा आएको छ । कम्पनीको शेयर १४ रुपैयाँ बढेर ३७० मा पुगेको छ ।

कुल ४ लाख २६ हजार बढी कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ३८४ रुपैयाँमा नै २५२ वटा अर्डर मार्फत ४३ हजार ७०० बढी कित्ताको माग मार्केट डेप्थमा देख्न सकिन्छ ।

प्राथमिक बजारमा नै अंकित मूल्यमा २० रुपैयाँ प्रिमियममा आईपीओ जारी गरेको कम्पनीको शेयर पाउने लगानीकर्ताको संख्या ज्यादै न्यून छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको शेयर ३७ हजार ९१६ जनाले मात्र पाएका छन् । जसमध्ये ३७ हजार ९०९ जनाले १० कित्ताकार दरले र ७ जनाले ११ कित्ता शेयर पाएका थिए ।

कम्पनीले कम्पनीले चैत्र २० गतेदेखि २४ गतेसम्म जारी गरेको कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयरमध्ये कर्मचारी र म्युचुअल फण्डका कर्मचारीलाई छुट्टाएर ३ लाख ७९ हजार १६७ कित्ता शेयर बैशाख ३ गतेृ शुक्रबार सर्वसाधारणमा बाँडफाँड भएको थियो । सामुहिक लगानी कोषलाई २० हजार ३८५ कित्ता र कम्पनीका कर्मचारीलाई ८ हजार १५४ कित्ता छुट्याइएको थियो ।

कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम आइतबार ४० लाख ७७ हजार ५५ कित्ता कित्ता शेयर नेप्सेमा कारोबार हुनसक्ने गरी सूचीकृत गरेको थियो ।

कम्पनीले सन् २०१५ को मार्चदेखि हुग्दी खोलमा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पन गरि सञ्चालन गरिरहेको छ ।

सम्बन्धीत समाचार शीर्षकहरु:-

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २० बैशाख २०७८, सोमबार  १३ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।