रुरु जलविद्युतको आईपीओ नतिजा ३ बजेपछि मात्र हेर्न सकिने

0
Shares

रुरु जलविद्युत परियोजनाको आईपीओ नतिजा दिउँसो ३ बजे पछि मात्र हेर्न सकिने भएको छ । शुक्रबार बिहान साढे ८ बजे बाँडफाँड भएको कम्पनीको आईपीओ नतिजा ३ बजेपछि हेर्न सकिने जानकारी बाँडफाँडको क्रममा दिइएको हो ।

हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोडपछि हेर्न सकिने भएको हो ।

कम्पनीको शेयर ३७ हजार ९१६ जनाले मात्रै पाएकाले आईपीओ नतिजा छिटै हेर्न सकिने भएपनि मेरो शेयरमा पर्नसक्ने चापका कारण इडिआइएस गर्न समस्या हुने हुँदा ३ बजेपछि मात्र नतिजा हेर्न सकिने क्यापिटलका चिफ बिजनेस अफिसर कमल प्रसाद नेपालले जानकारी दिए ।

शुक्रबार नेप्सेमा विदा भएपनि (इडिआईएस) हस्तान्तरणमा पर्नसक्ने असुविधालाई समेत ध्यान दिँदै ३ बजेपछि मात्र नतिजा प्रकाशन हुने व्यवस्था मिलाइएको जनाइएको छ ।

सम्बन्धीत बिक्री प्रबन्धकले आइपीओ बाँडफाँड सम्बन्धी आवश्यक प्रकृया पूरा गरेपछि मात्र उपलब्ध गराइने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ बैशाख २०७८, शुक्रबार  ०९ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।