काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ । सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको तर्फबाट एक करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।
पार्टीको तर्फबाट चेक हस्तान्तरण गर्न महामन्त्री पौडेल,कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरु अर्थ मन्त्रालय आएका थिए ।





प्रतिक्रिया