काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको हो ।
अहिले नौ वटा वाणिज्य बैङ्कमा आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ रुपैयाँ मौज्दात छ । राहत कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रुपैयाँ रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
यसैगरी, हिमालयन बैङ्क लिमिटेड र लक्ष्मी सनराइज बैङ्क लिमिटेडमा रहेको डलर खातामा दुई करोड ११ लाख आठ हजार ४७१ रुपैयाँ जम्मा भएको पनि कार्यालयले जनाएको छ ।





प्रतिक्रिया