दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि


काठमाडौँ । बुधबार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा कायम भएको छ । आज सबै उपसमूह राताम्मे देखिएका छन् ।

बुधबार ३५२ कम्पनीका १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता सेयरहरु ५० हजार ८०४ पटकमा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँमा किनबेच भएका छन् । सोमबार ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

बुधबार अपर लोहरे खोलाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, शुभम् पावरको सेयर मूल्य ६.४० प्रतिशतले र सिभिल बैंक डेभेन्चर ५.९४ प्रतिशतले बढेको छ । यता, इमर्जिङ नेपाल, सिन्धु विकास बैंक, जानकी फाइन्यान्स र कालिन्चोक दर्शनको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

बुधबार कारोबार रकमका आधारमा रिलायन्स स्पिकिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज ४२ करोड ७६ लाख ७४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सेन्ट्रल फाइन्यान्सको १७ करोड ११ लाख ३२ हजार रुपैयाँको सेयर कारोबार हुँदा निफ्राको १६ करोड ६७ लाख ३२ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार  १५ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।