काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ४०० रुपैयाँले र चाँदी तोलामा १०५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४०८.६५ अमेरिकी डलर र चाँदी ६७.४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया