काठमाडौँ । कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न सभा बोलाएको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो। भदौ ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।





प्रतिक्रिया