सोताङ गाउँपालिकाका उपाध्यक्ष राईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ । सोताङ गाउँपालिका, सोलुखुम्बुका उपाध्यक्ष अन्जु नाछिरिङ राईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ढाका सिलाइ बुनाइ तालिम सञ्चालन भइ समापन पश्चात् तालिमको प्रशिक्षकको रुपमा काम दिलाए तथा तालिम सहीकरणसमेत गरे गराए बापत घुस माग गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।

सो कार्यमा निजका छोरा सुनिल नाछिरिङ राईसमेतको मिलेमतोमा घुस लिए लिन लगाएको, कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ । सो एन बमोजिम बिगो रकम ४५ हजार रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार  १३ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।