नेशनल लाईफ इन्स्योरेन्स र नेपाल बैंकबीच जीवन बीमा सम्झौता


काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत स्मृती राज कंडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरूको जीवन सुरक्षालाई लक्षित गरी जीवन बीमा सुविधा उपलब्ध गराइनेछ । कर्मचारीहरूको जीवन तथा आर्थिक सुरक्षालाई थप सुदृढ गर्ने उद्देश्यले गरिएको उक्त सम्झौताले बैंकका कर्मचारीहरूलाई बीमा मार्फत थप सुरक्षा तथा जोखिम व्यवस्थापनको सुविधा प्रदान गर्ने विश्वास गरिएको छ ।

सम्झौता कार्यक्रममा दुवै संस्थाका सम्बन्धित पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति रहेका थिए । कार्यक्रममा सहभागी पदाधिकारीहरूले कर्मचारीहरूको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितका लागि जीवन बीमाको महत्व रहेको उल्लेख गर्दै यस प्रकारको सहकार्यले संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहक तथा संस्थागत साझेदारहरूको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै विभिन्न प्रकारका जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार  १८ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।